काठमाडौं । नेपाल तरुण दल, नवलपरासीका जिल्ला सदस्य किशोर आचार्य पक्राउ परेका छन् ।
प्रहरीले उनलाई पेस्तोल र फलामको खुडासहित आइतबार साँझ साढे सात बर्दघाटको टिसियन चोकबाट नियन्त्रणमा दिएको हो ।
बर्दघाट नगरपालिका–१०, ध्रुवटोल घर भएका आचार्यमाथि शंका लागेर खानतलासी गर्दा उनको साथबाट पेस्तोल र फलामको ठूलो खुँडा फेला परेपछि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय, बर्दघाट सुस्ता पश्चिमका प्रहरी उपरीक्षक राजेन्द्र भट्टले जानकारी दिए ।
पक्राउ परेका आचार्यलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको प्रहरी उपरीक्षक भट्टले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया