काठमाडाैं : प्रधानमन्त्री केपी शर्मा अोलीले स्वास्थ्य क्षेत्रमा व्यापक परिवतर्नको माग गर्दै अनसनमा बसिरहेका डा. गोबिन्द केसीले अनसन तोडेमा अाफु नै वार्ताको टेबलमा बस्ने बताएको उनका निकटस्थहरूले दाबी गरेका छन् ।
डा. केसीबाहेक अन्यसँग वार्तामा रूची नदेखाएका प्रधानमन्त्री अोलीले केसीसँग व्यक्तिगत तवरबाटै वार्ता गर्न चाहेको प्रधानमन्त्रीका एक सल्लाहाकारले लोकपथलार्इ जानकारी दिए ।
''सरकार वार्ताका लागि तयार भएकाले तत्काल अनसन तोडेर डा. केसीले पनि वार्ताको वातावरण बनाउनुपर्नेमा सम्माननीय प्रधानमन्त्रीज्यूको सरोकार छ,'' अोलीका एक सहयोगी सल्लाहाकारले भने ''डा. केसीसँग नै वार्ता गर्ने भएपछि पहिले उहाँले अनसन तोडेर खाना खानुपर्ने र राम्ररी बोल्न सक्ने तागत अाएपछि अाफैं वार्ताको टेबलमा बस्ने प्रधानमन्त्रीज्यूले बताउनुभएको छ ।'' खाँदै नखाएको व्यक्तिले कुरा गर्न पनि नसक्ने हुनाले पहिले अनसन तोड्नुपर्ने अोलीको भनार्इ रहेको ती सल्लाहाकारले बताए ।
जुम्ला गर्इ असार १६ गतेदेखि अनसन बसेका डा. केसीलार्इ उपचारका लागि भन्दै सरकारले गतसाता झुक्याएर काठमाडाैं ल्याएको थियो । माग पुरा नगरे अनसन नतोड्ने र उपचार पनि नगर्ने अडान लिएका केसीलार्इ काठमाडाैं ल्याएपनि सरकारले वार्ताका लागि चासो दिएको छैन ।
डा. केसीसँग वार्ता गर्न भन्दै सरकारले शिक्षासचिव खगराज बरालको नेतृत्वमा वार्ता टोली गठन गरेको छ । तर डा. केसीले शिक्षा सचिव नेतृत्वको सरकारी टोलीसँग वार्ता गर्न अस्वीकार गरेका छन् ।
अनसन तोडे अाफैं वार्तामा बस्ने सन्देश प्रधानमन्त्रीले डा. केसीलार्इ पठाएको, तर केसीबाट कुनै प्रतिक्रिया नअाएको प्रधानमन्त्री कार्यालय स्रोतले दाबी गरेको छ ।
डा. केसीको यो पटकको अनसन हालसम्मकै लामो अनसन हो । केसी अनसनमा बसेको अाज (सोमबार) २३ दिन पुगेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया