रुपन्देही । बुटवल पाल्पा सिद्धार्थ राजमार्गको तिनाउ – ३ मा गुडिरहेको मोटरसाइकललाई ट्रकले ठक्कर दिएकाे छ । हेडबक्स ड्याम नजिकै लु २१ प ९६८० एफजेड मोटरसाइकललाइ ना ३ ख १००८ नम्बरकाे ट्रकले ठक्कर दिदा दुर्घटना भएको हो ।
मोटरसाइकल सडक छेउमा पल्टिएपनि चालक भने तिनाउ खोलामा खसेको स्थानीय बिष्णु पाण्डेले जानकारी गराए ।
दुर्घटना स्थलमा भीर भएकाले उद्धार गर्न डोरी चाहिने प्रहरीले जनाएको छ । मोटरसाइकलमा सवार तानसेन नगरपालिका–७, आँपटारीका ४० वर्षीय माधव कुमाल र सोही स्थानका १९ वर्षीय उमेश कुमाल खोलामा खसेको बताइएको छ ।
खोलामा खसेको व्यक्ति माथिबाट देखिएका छन् । जीवित हो या मृत्यु भइसकेको हाे भन्ने अझै खुलेको छैन । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया