भीएलएन ठगीमा महानिर्देशककै संरक्षण

काठमाडौं -मलेसिया जाने नेपाली कामदारमाथि गैरकानुनी रुपमा शुल्क उठाएको आरोप खेपेको मलेसिया भीएलएन प्रालिलाई वैदेशिक राेजगार विभागकै तत्कालिन महानिर्देशक कृष्णहरि पुष्करले संरक्षण गरिएको भेटिएको छ । अाजकाे कान्तिपुर दैनिकमा खबर छापिएकाे छ ।

तत्कालीन महानिर्देशक पुष्करले भीएलएनले कामदारमाथि ठगी गरेको नदेखिएको भन्दै उजुरी तामेलीमा राख्ने निर्णय गरेका हुन् ।

उनले त्यतिबेलै सबै फाइल श्रम मन्त्रालयमा फिर्ता पठाउन आदेशसमेत दिएका थिए ।

सरकारको अनुमतिबिना कुनै पनि कम्पनीले वैदेशिक रोजगारीमा जाने कामदारसँग रकम उठाउन पाउँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?