विदेशी मुद्रा नेपालमा साट्दा कति रकम पार्इन्छ ? यस्तो छ अाजको विनिमय दर

काठमाडौं : अाज नेपालमा कतारी रियल १ साट्दा ३० रूपैयाँ ३४ पैसा प्राप्त गर्न सकिने नेपाल राष्ट्र बैंकले जनाएको छ । 

बैंकले अाज (अार्इतबार) का लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार युएर्इ दिराम १ को बिक्रीदर ३० रूपैयाँ ७ पैसा छ । 

यस्तै, मलेसियन रिंगेटको २७ रूपैयाँ १९ पैसा, कुवेती दिनारको ३६४ रूपैयाँ ४७ पैसा, बहरार्इन दिनार १ को २९२ रूपैयाँ ०१ पैसा र कोरियन वन १०० को बिक्रीदर ९.७३ रूपैयाँ कायम गरिएको छ ।

अमेरिकी १ डलर साट्दा ११० रूपैयाँ ४५ पैसा प्राप्त गर्न सकिने नेपाल राष्ट्र बैंकले जनाएको छ। 

युरोको बिक्रीदर १२८ रूपैयाँ ७३ पैसा कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?