नेपाली सवारीसाधन भारत प्रवेशमा सहज

काठमाडौं–नेपाल–भारतबीच व्यक्तिगत सवारीसाधन आवतजावतमा रहेको असमानता हट्ने भएको छ । अब नेपालीका व्यक्तिगत सवारीसाधन पनि विनारोकतोक भारत आवतजावत गर्न पाउने भएको हो ।

यसअघि नेपालीका निजी सवारीसाधन भारत प्रवेश गर्न भारतीय दूतावासबाट अनुमति लिनुपर्ने र तोकिएको बैंक ग्यारेन्टी बुझाउनुपर्ने व्यवस्था थियो ।

दुई देशका अधिकारीबीच नयाँदिल्लीमा शुक्रबार भएको संयुक्त कार्यदलको बैठकले उक्त असमानता हटाउने निर्णय गरेको हो ।  आजको नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?