सुशीला कार्की भन्छिन्, ‘डा केसीको माग पुरा नभए देशमा आगो बल्छ’

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले  डा. गोविन्द केसीको मागहरु सरकारले  पुरा  नगरे देशमा आगो बल्ने बताएकी छिन् ।  

आमरण अनसनरत डा. केसीको समर्थनमा शनिबार भएको प्रदर्शनपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै कार्कीले आफूहरु सरकार विरोधी नभएको तर डा. केसीले जनताको भावना बोलेको भन्दै कार्कीले उनका माग पुरा गर्न आग्रह गरिन् ।

आमरण अनसनरत डा. केसीलाई कहिले कांग्रेस त कहिले के भनेर आरोपित गर्ने गरिएको भन्दै उनले वर्तमान सरकारप्रति असन्तुष्टि जनाइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?