सरकारले विधेयक फिर्ता नलिएसम्म वार्ता र उपचार नगर्ने डा. केसीको अडान

काठमाडौं : गत २२ दिनदेखि अामरण अनसनमा रहेका हाडजोर्नी बिशेषज्ञ डा. गोविन्द केसीले विवादित चिकित्सा शिक्षा विधेयक फिर्ता नलिएसम्म सरकारसँग वार्ता र अाफ्नो उपचार नगर्ने अडान लिएका छन् । 

बिहिबार उपचारको बहानामा सरकारले डा. केसीलार्इ जबर्जस्ती जुम्लाबाट काठमाडाैं ल्याएको थियो । जुम्लाबाट काठमाडाैं नफर्कने अडान लिएका केसी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनसनरत थिए । सरकारी टोली केसीलार्इ उपचारका लागि भन्दै प्रतिष्ठान गएपछि उनका समर्थकहरूले विरोध गरेका थिए ।

चरम दबाबमा परेको सरकारले डा. केसीलार्इ जुम्लाबाट काठमाडाैं ल्याउने कुनै उपाय नदेखेपछि उनका समर्थकले प्रहरीको हत्या गरेको भ्रम फैलाएको थियो । प्रहरीको नै हत्या भएको भन्ने सुनेपछि डा. केसी अस्पतालको बेडबाट रूँदै काठमाडाैं फर्कन अोर्लेका थिए ।

तर, काठमाडाैं ल्याएपछि सरकारको झुठ थाहा पाएका केसीले चिकित्सा शिक्षा विधेयक फिर्ता नलिएसम्म वार्ता र अाफ्नो उपचार पनि नगर्ने अडान लिएका छन् । केसीलार्इ झुक्याएर काठमाडाैं ल्याएको सरकारले मागप्रति वास्ता नगर्ने र उपचारका बहानामा केसीलार्इ काठमाडाैं भित्र्याएर अल्मल्याउन खोजेपछि थप सार्वजनिक अालोचना खेपिरहेको छ । 

काठमाडाैं ल्याएपनि उपचार गर्न नमानेपछि डा. केसीको स्वास्थ्य अवस्था झन कमजोर भएको छ । उता, सरकारी अधिकारीहरूले स्वास्थ्य क्षेत्रको सुधारका लागि केसीले अघि सारेका माग पुरा गर्न खास चासो देखाएका छैनन् । अहिले दुवै पक्षले वार्ताप्रति अर्को पक्ष जिम्मेवार नभएको अारोप लगाउन थालेका छन् । 

डा. केसीलार्इ काठमाडाैं ल्याएपछि सरकारले गठन गरेको वार्ता टोलीले फोन समेत उठाउन छाडेको अारोप केसी पक्षधरले लगाएका छन् । सरकारी वार्ता टोली फोन समेत नउठाएर गायब भएको केसीका तर्फबाट वार्ताटोलीका संयोजक डा. अभिषेकराज शिंहले बताएका छन् । 

अाफ्ना माग पुरा गर्नेगरि विधेयक फिर्ता लिन र वार्तामा बस्न सरकारी पक्षले अालटाल गरेपछि डा. केसीले अाफ्नो स्वास्थ्यउपचार गराउन समेत मानेका छैनन् । 

शिक्षा सचिव खगराज बरालले चाहिँ केसीले चिकित्सा शिक्षा विधेयक फिर्ता नभर्इ वार्तामा नबस्ने अडान राखेकाले वार्ता हुन नसकेको बतार्इरहेका छन् । विधेयक फिर्ता लिने बिषय संसदको भएकाले सरकारी वार्ता टोलीले यसबारे केही गर्न नसक्ने उनको भनार्इ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?