काठमाडौं – सरकारले संसद् र सांसदका लागि १२ असारमा दुईवटा कार्यतालिका बनायो। पहिलो, संसदमा हरेक शुक्रबार सरकार र सांसदबीच प्रश्नोत्तर। यसमा प्रधानमन्त्रीले महिनामा दुईपटक र मन्त्रीहरूले दुईपटक सहभागिता जनाउने उल्लेख छ।
अर्को कार्यतालिका छ, नेकपाका सांसद र कार्यकर्तासँग भेटघट। यो हरेक महिनाको १ र १५ मा गर्ने तय भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख महराको प्रस्तावमा मन्त्रिपरिषद् बैठकबाटै संसदमा प्रश्नोत्तरको कार्यतालिका तय गरे तर यो अहिलेसम्म कार्यान्वयनमा आएको छैन। राजधानी दैनिकमा खबर छ ।
समाचारअनुसार सांसद र कार्यकर्ता भेटको तालिका पनि प्रधानमन्त्रीको निर्देशनपछि सचिवालयले बनायो। यो कार्यतालिका बनाएपछि बनाएपछि भने प्रधानमन्त्री एकपटक पनि कार्यान्वयनमा चुकेका छैनन्। तर, संसद्का लागि बनाएको कार्यतालिकामा भने प्रधानमन्त्री चुकेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया