कञ्चनपुरमा ८ बर्षिया दलित बालिका बलात्कृत

किशोर तामाङ
कञ्चनपुर–कञ्चनपुरको दक्षिणी भेगमा अवस्थित  पुनर्वास नगरपालिकामा ८ बर्षिय  बालिका बलात्कृत भएकी छिन्  ।
पुनर्वास नगरपालिका  वडा न ६ निवासी ८ बर्षिय  बेनाम दलित  (नाम परिवर्तन ) को अाज साझ ५ बजे  तिर बलत्कार भएको  पिडीत बालिकको आफन्तले बताएका छन्  ।

पुनर्वास नगरपालिका  वडा नं ६ र ४को सीममा अवस्थित  भारतीय  सिमाना सगै जोडिएको  नेपाली जंगल नमुना  महिला  समुदायिक बनमा सो घटना  भएको थियो ।
 मोटरसाइकलमा बसाई घर लागी दिने भन्दै जगलमा लगी  बलत्कार गरेको पिडितको आरोप छ ।
 पिडित ले दिएको बयान का आधारमा बलात्कारमा सङ्कलन रहेको आरोपमा  स्थानिय  पुनर्वास नपा ३  का २४ वर्षीय पेट्रोल पम्प  व्यवसायी शलिम अन्सारी पक्राउ  परेका छन्।
आन्सारीलाइ हिरासतमा लिइ समाान्य सोधपुछ गरी अनुसन्धान  प्रक्रिया  अगाडी  बढाई  सकेको इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीका प्रहरी सहायक  निरीक्षक गणेश खडायतले जानकारी दिए  ।
बालिकालाई  मेडिकल जाचका लागि सेती अञ्चल अस्पताल पठाएको  प्रहरी सहायक  निरीक्षक खडायतले जानकारी  दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?