काठमाडौं–पूर्व खानेपानी राज्यमन्त्री अब्दुल रज्जाकले ओली नेतृत्वको सरकार समाजवाद भन्दै उल्टोबाटोमा हिँडेको टिप्पणी गरेका छन् ।
जनताको भाबना र मर्म बिपरित अघि बढेको सरकारको पछिल्ला गतिबिधि दुखदायी भएको भन्दै गलत रबैयाले सरकारले आफ्नै आयु घटाएको जिकिर गरे ।
रिपोर्टर्स क्लव प्रदेश ५ ले बुटवलमा बिपी स्मृति दिवसको पूर्वसन्ध्यामा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै पूर्व सांसद तथा कांग्रेस रुपन्देहीका सभापति समेत रहेका उनले बिपिको नीति सिद्धान्त निकै राम्रो र सान्दिर्भिक रहेको चर्चा गरे ।
जनताको इच्छा र उत्तरदायि हुने नेताको रुपमा उहालाइ स्मरण गर्दै रञ्जाकले मुलुकमा लोकतन्त्र स्थापित गर्न पनि बिपिकै योगदान रहेको बताए ।
जनता आर्थिक रुपमा समृद्धि हुनुपर्ने र सरकारले कर थोपर्ने मात्रै काम गरेको भन्दै बिरोध जनाए ।
बिपिको राष्ट्रिय मेलमिलापको सिद्धान्त सान्दर्भिक रहेको उनको भनाइ छ । भारतमा रहदा बिपि र पुष्पलालको दैनिक भेट हुने गरेको आफुले नै देखेको बताए ।
प्रदेशसभा ५ सदस्य भोजप्रसाद श्रेष्ठले बीपीलाइ एक कुशल राष्ट्रभक्त नेताको रुपमा चिन्नुपर्ने भन्दै उनले इतिहास साक्षी रहेको प्रष्ट पारे । राष्ट्र एकताको लागि उनीबाट पाठ सिक्नुपर्ने बताए ।
तत्कालित कांग्रेस राजासंग र राणा दिल्लीसंग नजिक हुदा मोहनसम्शेर पुन राजा बनेको उनले स्मरण गरे ।
कांग्रेस यसबाट बिचलन भएको छ,अहिलेको सत्तापक्षले पनि बिपिको राष्ट्रीयता र प्रजातन्त्रको रक्षा गर्न सिक्नुपर्ने बताए ।
संघीयता बलियो बनाउन राष्ट्रबादी सबै एकजुट बन्नुपर्ने उनको धारणा छ ।
समाजबाद उन्मुख राज्य प्रणाली निर्माणमा संबिधान र राज्यले गरेको भूमिका बिपि कै देन भएको प्रष्ट पारे ।अहिलेको सरकारले ब्यबहारमा समाजबादको बाटो बिराएको बताए । उनले बिपिको बैचारिक,साहित्यिक हिसाबले अद्धितिय योगदान रहेको बताए । कार्यक्रम क्लवका प्रदेश ५ प्रमुख रँमकुमार क्षेत्रीको अध्यक्षता तथा कपिल ज्ञवालीको संचालनमा भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया