पैसाको प्रलोभनमा विदेशीले नेपाली बालकमाथि के गरे यस्तो ?

काठमाडौं– बाल यौन दुराचारको अभियोगमा प्रहरीले स्वीट्जरल्याण्डका नागरिक पिटर क्रिष्चियन लेनजेन्डरलाई पक्राउ गरेको छ ।
नेपालमा व्यवसाय गरी बस्दै आएका उनले काठमाडौंको बाफलका १६ वर्षीय नाबालकलाई फेसबुकमार्फत साथी बनाइ अनेक प्रलोभन दिएर बाल यौन दुराचार गरेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार पिटरले बालकसँग म्यासेन्जरमा कुराकानी गरी काठमाडौंको चुच्चेपाटीमा रहेको टिगर होटलमा बोलाई विभिन्न प्रलोभनमा पारी तथा भक्तपुरका विभिन्न होटलहरुमा पनि त्यस्तै हर्कत गरेर घटना ढाकछोप गर्न पैसा समेत दिएको खुल्न आएको छ ।
उनलाई जबरजस्ती करणी महल बमोजिम अनुसन्धान कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाण्डौ, टेकु काठमाण्डौमा पठाईएको  प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?