काठमाडौं– २० दिनदेखि अनसनरत प्राध्यापक डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था बुझ्न नेपाली कांग्रेसका प्रभावशाली नेता अर्जुन नरसिह केसी त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पुगेका छन् ।
शुक्रबार अपरान्ह अस्पताल पुगी केसीले डाक्टर केसीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।
भेटका क्रममा डाक्टर केसीले स्वास्थ्य क्षेत्रको सुधारका सम्बन्धमा राखेका मागका सम्बन्धमा नेता केसीले ऐक्यबद्धता जनाएका थिए ।
यस्तै डाक्टर केसीले आफ्नो मागप्रति आफू दृढ रहेको भन्दै माग पूरा नभएसम्म अनसन नतोड्ने नेता केसीसँग बताएका थिए ।
भेटका क्रममा नेता केसीले डाक्टर केसीको माग नेपाली जनताको साझा माग रहेको भन्दै माग पूरा गर्न सरकार गम्भीर हुनुपर्नेमा जोड दिए ।
उनले आफू र आफ्नो पार्टी केसीले उठाएको मागमा सहमत रहेको पनि बताएको नेविसंघका नेता निरन्जन थापाले जानकारी दिए ।
यसैबीच आजै केसीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन कांग्रेस सभापति शेरबहादुर देउवा, नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष केदार नरसिंह केसी पनि त्रिवि शिक्षण अस्पताल पुगेका थिए ।
१९ दिनदेखि जुम्लामा अनसनरत डा केसीलाई स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि सरकारले बिहिबार काठमाडौं ल्याएको थियो । काठमाडौं आएपछि पनि केसीले टिचिङमा आफ्नो अनसनलाई जारी राखेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया