काठमाडौं । निमित चेकजाँचका क्रममा विरगञ्जबाट काठमाडौं आउदै गरेको यात्रुबहाक बसबाट लागूऔषध सहित बारा देवतालका अजित सिंहलाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी प्रभाग नागढुङ्गाका अनुसार, बस चेकजाँच गर्ने क्रममा सिंहको झोला खोलेर हेर्दा औषधि जन्य लागूऔषध बरामद भएको हो ।
ना ७ ख ३४८० बसमा सवारी अभियुक्त सिंहमाथि शंका लागि झोला चेकजाँच गर्दा ५०÷५० एम्पुल डाइजेबाप, ब्रुनफ्रिन लागूऔषध बरामद गरेको हो ।
अभियुक्त सिंहले उक्त लागूऔषध सतुङ्गलका नारायण केसीले मगाएको बयान दिएपछि केसीलाई समेत आज नै सतुङ्गलबाट पक्राउ गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया