काठमाडौं–प्राध्यापक डाक्टर गोविन्द केसीले केपी ओली नेतृत्वको सरकारले आफूलाई अपहरणको शैलीमा जुम्लाबाट काठमाडौं ल्याएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।
त्रिवि शिक्षण अस्पतालबाट बिहिबार साँझ एक विज्ञप्ति जारी गर्दै केसीले इच्छाविपरित आफूलाई बल प्रयोग गरी ल्याइएकोमा भत्सर्ना गरेका छन् ।
‘चिकित्सा शिक्षा सुधारको माग गर्दै म जुम्लामा २० दिनदेखि अनसन सहितको सत्याग्रह गरिरहेको सबैलाई विदितै छ’, केसीले विज्ञप्तिमा भनेका छन्, ‘ त्यसै क्रममा खड्ग प्रसाद ओलीको नेतृत्वको वर्तमान सरकारले अमानवीयरूपमा क्रूरतापूर्वक सत्याग्रहीको इच्छा विपरीत अस्पताललाई युद्धभूमि जस्तो बनाई अपहरण शैलीमा बल प्रयोग गरी जुम्लाबाट काठमाडौँ ल्याएको छ । सरकारले गरेको ज्यादतीपूर्ण व्यवहारको घोर भर्त्सना गर्दछु । ’
उनले आफ्नो सत्याग्रहमा ऐक्यबद्धता जनाउने जुम्ला लगायत देश तथा विदेशमारहेका नेपालीहरूप्रति आभार व्यक्त गर्दै जुम्लामा आज प्रहरीसँग भएको झडपमा घाइते भएकाहरुको सीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।
केसीले आफ्नो माग पूरा नहुँदासम्म सत्याग्रह जारी रहने बताउँदै आम नागरिकहरूलाई सदा जस्तै ऐक्यबद्धताको लागि आह्वान समेत गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया