काठमाडौं । राजधानीको शान्तिनगर सुकुम्वासी बस्तीबाट बरामद अबैध घरेलु मदिरामा युरिया मल मिसाइने गरेको पाइएको छ ।
महानगरीय प्रहरी बृत्त नयााबानेश्वरले आज मदिरा भट्टीहरुमा छापामारी बरामद गरेको कच्चा पदार्थभित्र युरिया मलखाद मिसाइएको अवस्थामा फेला पारेको हो ।
बृत्तका प्रहरी निरीक्षक खेमप्रसाद नेपालको कमाण्डमा खटेको टोलीले तयारी घरेलु मदिरा दुईहजार छसय लिटर, कच्चा पदार्थ छ हजार लिटर, घरेलु मदिरा छयाङ जाड पाँचहजार लिटर र घरेलु मदिरा छयाङ बरामद गरेको छ ।
त्यस्तैं, मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ कुहिएको भात, पाँउरोटी पाँचसय लिटर, कच्चा पदार्थमा प्रयोग हुने वस्तु सख्खर चारसय किलो र युरिया मल ३० किलो मराद गरेको छ ।
बरामद मदिरा स्थानीयवासीको सक्रियतामा नष्ट गरि उत्पादकहरुलाई सच्चिन आग्रह गर्दै एक पटकलाई माफिल दिने निर्ण गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया