डा. गोविन्द केसीलाई काठमाडौं ल्याइयो

काठमाडौं । जुम्लामा अनसनरत डा. गोविन्द केसी काठमाडौं आइपुगेका छन् । 

जुम्लामा २० दिनदेखि अनसन बसेका डा. गोविन्द केसीलाई बिहीबार दिउँसो सरकारी टोलीले नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याएको हो । 

स्थानीय प्रशासनले बल प्रयोग गर्दा भएको झडपमा थुप्रै विद्यार्थी घाइते भएपछि डा. केसी काठमाडौं आउन तयार भएका हुन् । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?