सरकारसँग झुकेर सरकारी हेलिकोप्टरमा काठमाडौं जान्न : डा. केसी

काठमाडौं । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनसनरत डा. गोविन्द केसी सरकारी हेलिकोप्टरमा काठमाडौं नआउने अडान राखेका छन् ।  

कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्रबहादुर शाहीको नेतृत्वमा सुरक्षाकर्मी सहितको टोली नेपाली सेनाको हेलिकप्टरमार्फत जुम्ला पुगेको थियो । तर, डा. केसी सरकारी हेलिकोप्टरमा काठमाडौं नफर्कने अडानमा छन् । 

‘सरकारसँग झुकेर जान्न भन्नुभएको छ’ केसीका सहयोगी डा. विषद दाहालले भने ।

जुम्लामा सरकारले आफ्ना समर्थकमाथि धरपकड गरेकाले त्यसलाई रोक्न पनि काठमाडौं जाने केसीले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?