अनसनरत केसीलार्इ काठमाडाैं ल्याउन सरकारी हेलिकोप्टर जुम्लामा

काठमाडाैं : गत २० दिनदेखि जुम्लामा अनसनरत डा. गोविन्द केसीलार्इ उपचारका लागि काठमाडाैं ल्याउन भन्दै सरकारी हेलिकोप्टर जुम्ला पुगेको छ । 

केसीलार्इ लिन कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र शिक्षा मन्त्रालयका कर्मचारीहरू जुम्ला पुगेका हुन् । 

सत्तारूढ दल (ने.क.पा.) को बुधबार बसेको बैठकले उपचारका लागि भन्दै केसीलार्इ काठमाडाैं ल्याउने निर्णय गरेको थियो । 

केसीले बिहानै एक अडियो सन्देश पठार्इ सरकार वार्ताप्रति जिम्मेवार नभएकाले अाफुलार्इ गुण्डागर्दी शैलीमा काठमाडाैं लैजान खोजिएको बताएका छन् । 

केसीका समर्थक चिकित्सकहरूले पनि वार्ता जुम्लामै हुनुपर्ने भन्दै केसीलार्इ काठमाडाैं नलैजान सरकारलार्इ दबाब दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?