नीजत्व हनन गर्ने समाचार प्रसारण गरेकोमा बीबीसीलाई क्षतिपूर्ति तिर्न आदेश

एजेन्सी : बीबीसी समाचार संस्थालाई समाचार प्रसारण गरेर बेलायती पप गायक सर क्लिफ रिचर्डको नीजत्वमाथि हमला गरेको भन्दै एक अदालतले २ लाख १०हजार पाउन्ड स्टर्लिंग क्षतिपूर्ति तिर्न

फैसला गरेको छ ।

रिचर्डको घरमा प्रहरीले छापा मारेको समाचार छापेको विषयमा अदालतमा परेको मुद्दामा यस्तो फैसला भएको बीबीसीले जनाएको हो ।

नीजत्वसम्बन्धी यो महत्वपूर्ण मुद्दाको फैसला रिचर्डको पक्षमा गएको छ ।

रिचर्डले २०१४मा आफ्नो घरमा भएको प्रहरी छापाको समाचार बीबीसीले प्रसारण गरेर आफ्नो नीजत्व्को हनन गरेको आरोप मुद्दामा लगाएका थिए ।

छापामारी भएपनि उनलाई कहिल्यै पक्राउ गरिएन न त उनका विरूद्ध आरोप तय गरिए ।

बीबीसीले यो विषयमा पुनरावेदन गर्ने विचार गरिरहेको जनाएको छ ।

लन्डनको हाइकोर्टले यो फैसला गरेको हो । यो विषयमा प्रहरीले यसअघि नै माफी मागेको छ ।

तर बीबीसीले त्यतिखेर माफी मागेको थिएन् ।बीबीसीका पदाधिकारीहरूका अनुसार यो मामिला प्रेसको स्वतन्त्रताको विरूद्ध एक महत्वपूर्ण परिवर्तन हो ।

जनतालाई जान्न पाउने अधिकार संकटमा परेको बीबीसीले जनाएको छ ।

न्यायाधीश मानले रिचर्डको नीजत्वको अधिकारलाई बीबीसीले गम्भीर र तरङपूर्ण तरिकाले उल्लंघ गरेको फैसलामा उल्लेख गरेका छन् ।

उनले अभिव्यक्तिको स्वतन्त्रता र प्रेस स्वतन्त्रतासम्बन्धी अधिकार अन्तर्गत गरिएको समाचार प्रसारण सही भएको बीबीसीको तर्कलाई खारिज गरे ।

उनले रिचर्डको घरमा गरिएको छापामारी  सार्वजनिक हितको विषय नभएको बताए ।

साथै न्यायाधीश मानले संदिग्ध व्यक्तिको पनि  नीजत्व हुने तर्क प्रस्तुत गदै भने “ रिचर्डको घरमा छापामारीको विषय कुरा काट्नेहरूका लागि रूचिको विषय हुन सक्ने भएपनि यो सार्वजनिक हितको

विषय थिएन् ।”

मानवअधिकारको कानुनमा पहिल्यै देखि नीजत्वको अधिकार र अभिव्यक्तिको स्वतन्त्रता एक अर्कासँग जोडिएका मुद्दा हुन् ।

यो मुद्दामा प्रहरीलाई पनि क्षतिपूर्ति तिर्न भनिएको छ ।

बेलायती प्रधानमन्त्री टेरिजा मेले मिडिया र पुलिस दुबैलाई आआफ्ना जिम्मेवारी पहिचातन गर्नुपनै आवश्यकता रहेको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?