काठमाडौँ -प्रबुद्ध व्यक्ति समूह (ईपीजी) ले नेपाल–भारत खुला सीमा व्यवस्थित गर्न नागरिक परिचयपत्र जारी गर्नुपर्ने प्रस्ताव दुवै देशका सरकारलाई गरेको छ । ईपीजी बैठकमा भारतीय पक्षले सीमा क्षेत्रमा हुने आतंककारी गतिविधि, असुरक्षा, उग्रवाद, अवैध व्यापार र आउजाउ नियन्त्रण गर्न परिचयपत्र लागू गर्नुपर्ने प्रस्ताव राखेको थियो ।
सीमाका ७० भन्दा बढी चेक प्वाइन्टबाट आवतजावत गर्दा फोटोसहितको परिचयपत्र बोक्ने प्रणाली विकास गर्नुपर्नेमा भारतको जोड छ ।
परिचयपत्रको प्रस्तावसँगै सीमामा दैनिक जीवन र सांस्कृतिक सम्बन्धमा असर पर्ने चिन्ता बढेको छ । सीमा वरपरको जीवनबारे अध्ययन गरेकाहरू परिचयपत्र लागू गर्दा सर्वसाधारणको जनजीवनमै असर पर्ने बताउँछन् ।
आप्रवासी नेपालीबारे जवाहरलाल नेहरू विश्वविद्यालय (जेएनयू) बाट विद्यावारिधि गरेका केशव बस्याल सीमाको सामाजिक सद्भाव खलबल्याउने गरी परिचयपत्रको अवधारणा आएको टिप्पणी गर्छन् । कान्तिपुर दैनिकमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया