संघमा १५ हजार कर्मचारी थपिने

काठमाडौँ – सरकारले प्रदेशहरूमा निजामती प्रशासनको दरबन्दी कटौती गरी संघमा १५ हजार कर्मचारी थप्ने भएको छ । प्रदेशमा हस्तान्तरण हुने भनिएका कतिपय विभाग र कार्यालय संघमै राख्ने निर्णयपछि दरबन्दी बढाइएको हो ।

यसअघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २१ मन्त्रालय, विभाग, आयोग र संघीय सरकार मातहतका निकायलाई करिब ३० हजार कर्मचारी आवश्यक पर्ने गरी संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) गरेको थियो । कान्तिपुर दैनिकमा खबर छापिएकाे छ ।

मन्त्रालयका प्रवक्ता सहसचिव सुरेश अधिकारीका अनुसार संघमा विभाग र कार्यालयको संख्या बढेकाले कर्मचारी पनि १५ हजारले बढाउन लागिएको हो । ‘संघमा ५३ विभाग रहने निश्चित भएकाले कर्मचारी संख्या पनि थपिएको छ,’ उनले भने, ‘६ वटा आयोगको ‘ओएनएम’ बाँकी नै भएकाले अझ थपघट हुन सक्छ ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?