अख्तियारले २५ हजार घुससहित यादवलाई समात्याे

धनगढी– अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले कैलालीस्थित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत गहुँबाली सुपरजोनका प्रमुख रामानन्द यादवलाई रु २५ हजार रकम लिँदै गरेको अवस्थामा आज पक्राउ गरेको छ ।

कैलालीको साबिक उदासीपुर गाविस–८ स्थित सुपरजोन कार्यान्वयन इकाईको कार्यालयमा सेवाग्राहीबाट रु २५ हजार रकम लिँदै गर्दा यादवलाई पक्राउ गरिएको आयोगको कञ्चनपुरस्थित कार्यालयका प्रमुख ज्ञानेन्द्रप्रसाद ढकालले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?