नेकपामा महाधिवेशन प्रतिनिधि बन्न निर्वाचित हुनैपर्ने

काठमाडौँ — नेकपाले महाधिवेशन प्रतिनिधि बन्न निर्वाचित हुनैपर्ने व्यवस्थासहितको विधान तयार गरेको छ ।अध्यक्ष केपी ओली र पुष्पकमल दाहालसहित पदाधिकारीदेखि सबै तहका नेताहरू निर्वाचनमा भाग लिन तल्लो कमिटीबाट निर्वाचित हुनुपर्नेछ ।

तत्कालीन एमालेले यस्तो अभ्यास पहिले नै गरे पनि माओवादीले गरेको थिएन । नेकपा सचिवालयको मंगलबारको बैठकले एकीकृत पार्टीको विधानलाई अन्तिम रूप दिई प्रकाशनमा लैजाने निर्णय गरेको छ । विधान छिट्टै प्रकाशन गर्ने महासचिव विष्णु पौडेलले जनाएका छन् । कान्तिपुरमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?