जथाभावी बाटो काट्दा ट्राफिक प्रहरीको फन्दामा

काठमाडौं । काठमाडौं उपत्यकामा जथाभावी सडक पार गर्ने ३ हजार ९ सय ८१ जना पैदलयात्रुलाई हिजो ट्राफिक प्रहरीले सचेत गराएको छ । 

पैदलयात्रुको सुरक्षालाई मध्यनजर गरेर महानगरिय ट्राफिक प्रहरी महाशाखाले सडकमै सचेतना अभियान शुरु गरेको हो । ललितपुरको जावलाखेलमा हिजोबाट औपचारिक रुपमै सचेतना अभियानको सुरु गरिएको हो । 

आज पनि जथाभाबी बाटो काट्ने पैदल यात्रुलाई सम्झाउने कार्य भइरहेको छ । विशेष गरेर पिकआवरमा उपत्यकाकामा जथाभावी बाटो काट्ने पैदल यात्रुलाई ट्राफिक प्रहरी र जनपद प्रहरीको संयुक्त टोलीले सडकमै सम्झाई बुझाई गर्ने गर्दछ । 

हिजोदेखि १० दिनसम्म चल्ने यस अभियानले पैदलयात्रुको सुरक्षामा महत्वपूर्ण भुमिका निर्वाह गर्ने ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?