काठमाडौं । साढे ३५ किलो सुन तस्करी तथा सुन भरिया सनम शाक्य हत्या प्रकरणमा फरार रहेका रमेश उप्रेती संयुक्त अरब इमिरेटस (यूएई) मा पक्राउ परेका छन् ।
उनी सुन तस्करीका काण्डका मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’ का भाइ हुन् । रमेशको पक्राउका लागि नेपाल प्रहरीले इन्टरपोल मार्फत रेड कर्नर नोटिस जारी गरेको थियो ।
यूएई इन्टरपोल प्रहरीले अभियुक्त रमेशलाई शनिवार पक्राउ गरी हिरासतमा लिएको गृहमन्त्रालयद्धारा सुन तस्करी सम्वन्धी छानविन गर्न गठित उच्चस्तरिय समितिका एक सदस्यले जानकारी दिएका हुन् ।
नेपाल प्रहरीले रमेश सहित सुन तस्करीका मुख्य नाईके एमके मामा भन्ने मोहनकुमार अग्रवाल, बेनु श्रेष्ठ र हरिशरण खड्का बिरुद्ध गत जुन १८ मा रेड कर्नर नोटिस जारी गरेको थियो ।
यूएईबाट सुन खरिद गरी नेपाल पठाउन रमेश लगायतको मुख्य भूमिका रहेको दावी छानबिन समितिको छ । उनलाई आवश्यक कागजी प्रक्रिया पुर-याएर हप्ता दश दिनभित्र काठमाडौं ल्याउने तयारी भइरहेको जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया