सडक निर्माणको नाममा डोजर किन्नेको होडबाजी

शम्भू माली  / कपिलवस्तु । प्रदेश नम्बर ५ को स्थानीय तहमा सडक बनाउने नाममा डोजर किन्नेको होडबाजी चलेको छ । 

विकासका नाममा डोजर खरिद गर्ने र ठाउँ–ठाउँमा सडक बनाउने नाममा नाली र पहाड खन्ने काम गरिरहेका छन् । 

कपिलवस्तु तिलौराकोटको साझेदारी वन व्यावस्थापन अध्यक्ष जय प्रकाश पाण्डेयका अनुसार सर्वसाधारणको आवश्यकता र वातावरणीय अध्ययन बिना यसरी जथाभावी डोजर लगाउँदा विकास नभई विनास हुने बताए । 

प्रदेश नम्बर ५मा कतिपय बन समिति र स्थानिय जन प्रतिनिधिले आफनो आफन्तको नाममा डोजर खरिद गरि सञ्चालन गरेका छन् । 

स्थानीय तहमा मेसिन खरिद गर्ने र जथाभावि सडक निर्माण गर्ने  होडबाजीले खेती योग्य जमिनको बिनास बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?