काठमाडौँको सोल्टीमोडमा ट्रिपरको ठक्करबाट मोटरसाइकलमा सवार एक किशोरीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा चितवन घर भई हाल कुपण्डोल बस्ने १८ वर्षिया अनुजा घिमिरे रहेकी छिन् । ट्रिपरको ठक्करबाट गम्भिर घाईते भएकी घिमिरेको उपचारको क्रममा बयोधा अस्पताल बल्खुमा मृत्यु भएको हो ।
आज दिउँसो साँढे १ बजे कालिमाटीबाट कलंकीतर्फ जाँदै गरेको ना ७ ख ९४७५ नम्बरको ट्रिपरले सोहि दिशातर्फ जाँदै गरेको गरेको बा ९६ प ४९११ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा दुर्घटना भएको हो ।
दुर्घटनामा संलग्न दुबै सवारी साधन र ट्रिपर चालकलाई प्रहरी बृत कालिमाटीले नियन्त्रणमा लिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया