मानवअधिकारकर्मी कृष्ण पहाडीसहित ३१ पक्राउ

काठमाडौं । जुम्लामा अनसनरत डा. गोविन्द केसीको जीवन रक्षाको मागसहित बालुवाटारमा धर्ना दिन पुगेका मानवअधिकारवादी कृष्ण पहाडीसहित ३१ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

शनिबार प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शन गर्ने क्रममा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । 

पक्राउ परेका उनीहरुलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?