काठमाडौं । अबको दुई दिनसम्म देशको पश्चिमी भेगमा केही स्थानमा आगामी तीन दिनसम्म भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मौसन पूर्वानुमानले विज्ञप्ति जारी गर्दै शनिबार र आइतबारस देशको पश्चिमी तथा अन्य केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेको बताएका हो ।
आज दिउँसो देशभरि नै सामान्यतया बदली रही केही स्थानमा हल्कादेखि मध्यमखालको वर्षा र पश्चिमका केही स्थानमा भारी वर्षा हुनेछ । त्यसैगरी, राति पनि देशभर नै बदली रही केही स्थानमा हल्कादेखि मध्यमखालको वर्षा तथा कतिपय स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आइतबार भने दिउँसो समयमा देशभरी नै बदली रही देशको पश्चिमी भू–भागका साथै मध्य र पूर्वी पहाड भेगमा केही स्थानमा हल्कादेखी मध्यमखालको वर्षाको सम्भावना छ भने मध्ये र पूर्वी तराईको एक दुई स्थानमा हल्कादेखि मध्यमखालको वर्षाको सम्भावना रहेको जारी विज्ञप्तिमा उल्लखे छ ।
असार ३२ गते देशभरि नै बदली रही देशको मध्य र पश्चिमी भूभागका साथै पूर्वी पहाडी भेगका केही स्थानमा हल्कादेखि मध्यमखालको वर्षाको सम्भावना छ भने पूर्वी तराईका एक दुई स्थानमा हल्कादेखि मध्यमखालको वर्षाको सम्भावना छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया