सिरहा । सिरहाको गोलबजार नगरपालिका–२ स्थित मैनावती खोलामा निर्माणाधीन अवस्थामै भत्किएको पुल यथाशीघ्र निर्माण गर्न सिरहाका प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितले निर्देशन दिएका छन् ।
राष्ट्रपति चुरे तराई–मधेश संरक्षण समितिको ४५ लाख लागतको आर्थिक सहयोगमा गोलबजार नगरपालिकामार्फत निर्माण भइरहेको उक्त पुलको अवलोकन पछि प्रजिअ पण्डितले यस्तो निर्देशन दिएका हुन् ।
पत्रकारसँग कुरागदै उनले जुनसुकै कारणबाट भत्किएको भए पनि पुल निर्माणमा तदारुकता देखाउन नगरपालिकालाई निर्देशन दिइएको बताए ।
‘पुल के कारणले भत्किएको हो भन्ने कुरा पत्ता लगाउन छानबिन टोली गठन गरिसकिएको छ’, प्रजिअ पण्डितले भने, ‘छानबिन टोलीले दिएको प्रतिवेदनले कारबाहीको भागिदार कसलाई बनाउनुपर्ने हो त्यसको निक्र्योल पछि हुन्छ । तर, अहिले पुल निर्माण कार्य नरोकियोस् भनेर यथाशीघ्र निर्माण कार्य सम्पन्न गर्न नगर पालिकालाई निर्देशन दिइएको हो ।’
पुल निर्माणका लागि राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिले बजेट खर्च गर्ने अख्तियारी गोलबजार नगरपालिकालाई दिएको थियो भने पुलको प्राविधिक कार्यको देखरेखको जिम्मेवारी लहान स्थित जलउत्पन्न प्रकोप व्यवस्थापन डिभिजन कार्यालय नं. ४ का इञ्जिनियर रामकृपाल चौधरीलाई दिइएको थियो ।
गोलबजार नगरपालिका–२ को पर्यटकीय स्थल कुम्भीखाडी तालसम्म पुग्न उपभोक्ता समितिमार्फत गत वैशाख २ गते सम्झौता गरिएको उक्त पुलको निर्माण असार १५ गतेभित्रै सम्पन्न भइसक्नुपर्ने थियो तर असार ९ गते शनिबार आएको बाढीले पुलको पूर्वी भाग भत्काएपछि पुल निर्माणमा अनियमीतता तथा लापरबाही भएको भन्दै उपभोक्ता समिति तथा प्राविधिकबीच एकआपसमा आरोप प्रत्यारोप चलिरहेको छ ।
उपभोक्ता समितिका अध्यक्ष ताराबहादुर सुनवारले आफूहरुले समितिले दिएको डिजाइन स्टिमेटकै आधारमा काम गरेपनि पुल भत्केकोमा आफूहरुको कुनै गल्ती नभएको जिकिर गरेका छन् । उनले समितिले खटाएको इञ्जिनियरकै निर्देशनमा प्रत्येक काम गरिएकोले गल्तीको जिम्मेवारी पनि इञ्जिनियर चौधरीले नै लिनुपर्ने बताए ।
साइड इन्जिनियरको रुपमा खटिएका इन्जिनियर रामकृपाल चौधरीले पुलको छेउमा उपभोक्ता समितिले बचावटको काम गर्न नसक्दा पुलको पुर्वी र पश्चिम भागमा बाढीले क्षति पु¥याएको जानकारी दिए । ‘एक त सम्झौता नै ढिलो गरी भयो । अर्को ढिलो गरी सम्झौता भएकाले समयमा काम सुरु गर्न नसक्दा पछि तारजाली पनि भेटिएन’ , इञ्जिनियर चौधरीले भने, ‘बाढीसँगै झारपात समेत आएर पुलमुनि राखिएको ह्युमपाइप बन्द भएपछि छेउबाट भंगालो पसेर पुलको पुर्वी भाग भाँच्चिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया