केसीले मानेनन् , ‘माग पूरा नभए यहीँ मृत्युवरण गर्छुु’

जुम्ला ।चिकित्सा क्षेत्र सुधारको माग राखेर अनशनरत डा। गोविन्द केसीको मुटुको चाल अस्थिर बनेको छ । केसीको मुटुको चाल कहिले बढ्ने र कहिले घट्न थालेको हो ।विगत १५ दिनदेखि अशसरत केसीले दोहोरो संवाद गर्न समेत छाडेका छन् । डा। केसीले दिसापिसाब लागेको वा अन्य कुनै समस्या आएमा पनि संवाद गर्न छाडेका हुन् । उनका सहयोगीले सोधेमा इसारा मात्र दिन थालेका छन् । उनको छाती निरन्तर दुख्ने समस्या बढेर गएको चिकित्सकले बताएका छन् ।
लामो समयदेखि निरन्तर अनशनका कारण डा। केसीको स्वास्थ्य जति बेला जे पनि हुन सक्ने स्थितिमा पुगेको हो । डा। पुजन रोकायाले केसीको स्वास्थ्य अवस्थामा जतिबेला पनि आपतकालीन स्थिति आउन सक्ने खतरा भएको जनाए । ‘मुटुको चाल कहिले बढ्ने, कहिले घट्ने भएको छ, श्वासप्रश्वासमा पनि समस्या देखिएको छ, जतिबेला जे पनि हुन सक्ने अवस्था आएको छ,’ डा। रोकायाले  भने । राजधानी दैनिकमा विस्तृत खबर छापिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?