साउने सक्रांन्तिसम्म भारी वर्षा : माैसम पूर्वानुमान महाशाखा

काठमाडौँ : अाजदेखि ३ दिनसम्म देशका विभिन्न स्थानमा भारी बर्षा हुने जल तथा माैसम विज्ञान विभागले जानकारी दिएको छ ।

माैसम बदलीका कारण परिरहेको भारी बर्षाले देशभरको जनजीवन प्रभावित भर्इरहँदा अझै भारी बर्षा नरोकिने माैसम पूर्वानुमान महाशाखाले जनाएको हो ।

अाज दिनभर देशभरिनै सामान्यतया बदलि रही केहि स्थानहरुमा हल्का देखी मध्यम खालको बर्षा हुने र पश्चिमका केहि स्थानमा भारी वर्षा हुने अनुमान छ । त्यसैगरि, अाज राति पनि देशभर नै वदलि रहि केहि स्थानहरुमा हल्का देखी मध्यम खालको बर्षा हुने र देशका केहि स्थानमा भारि वर्षाको संभावना देखिएको माैसम विभागको पूर्वानुमान छ ।

विभागका अनुसार भोली (अार्इतबार) पनि दिउँसोको समयमा देशभरिनै बदली रही देशको पश्चिमि भू-भागका साथै  मध्य र  पूर्वी पहाडि भेगका केहि स्थानहरुमा हल्का देखि मध्यम खालको वर्षाको सम्भावना छ । मध्य र  पूर्वी तराईका एक दुई स्थानहरुमा हल्का देखि मध्यम खालको वर्षा हुन सक्ने जनार्इएको छ ।

श्रावण १ गते (सोमवार) दिउँसो देशभरिनै बदली रही देशको मध्य र पश्चिमी भू-भागका साथै पूर्वी पहाडि भेगका केहि स्थानहरुमा हल्का देखि मध्यम खालको वर्षाको सम्भावना छ भने पूर्वी तराईका एक दुई स्थानहरुमा हल्का देखि मध्यम खालको वर्षाको सम्भावना छ । त्यसैगरि, राति पनि देशभरि सामान्य बदलि रहि केहि स्थानहरुमा हल्का  देखि मध्यम खालको बर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?