काठमाडौँ–प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको चासोका विषयमा बहस गर्ने थलो संघीय संसद्लाई कोही मान्छेको स्वार्थ पूरा गर्ने गरी प्रयोग गर्न नहुने बताएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी नेकपा का ३ नं प्रदेशका सांसदहरुसँगको आजको भेटमा प्रधानमन्त्री ओलीले एउटा निहुँ झिकेर दुईजना सांसद ठिंग उभिँदा संसद्का सबै गतिविधि अवरुद्ध हुन नहुने बताए ।
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले झिनामसिना कुरा झिकेर संसद्को कारबाही अवरुद्ध गर्न नहुने भन्दै प्रधानमन्त्री ओलीले दुईचारजना मानिसले गलत नियतले संसद् रोक्दैमा अब नरोकिने बताए । प्रधानमन्त्री ओलीले साउन महिना भित्रै पार्टीका सबै कमिटीलाई पूर्णता दिने प्रतिबद्धता व्यक्त गर्दै देश विकासमा ध्यान दिन ३ नं प्रदेशका सबै सांसदलाई अपिल गरे ।
सांसदहरु कृष्णभक्त पोख्रेल, रामनारायण विँडारी, पार्वत गुरुङ, विरोध खतिवडा, महेश बस्नेत, कृष्णराज दाहाल, अञ्जना विशंखे, बिमला पौडेल राई, सुजिता शाक्य, कृष्ण राई, हितबहादुर तामाङ, गोमा देवकोटा लगायतले समसामयिक राजनीतिक विषयमा प्रधानमन्त्रीलाई जानकारी गराएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया