गंगामाया अधिकारीको अनसन स्थगित

छोराको हत्यामा संलग्नमाथि कारवाहीको माग गर्दै वीर अस्पतालमा ४४ दिनदेखि अनसनमा बसेकी गोरखा फुजेलकी गंगामाया अधिकारीले अनसन स्थगित गरेकी छिन् । 

शुक्रबार सरकारले दुई बुँदे सहमति गरेपछि जेठ १५ गतेदेखि अनसनरत गंगामाया अधिकारीले अनसन स्थगित गरेकी हुन् ।

अधिकारीलाई राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले जुस खुवाएका हुन् ।

जुस खुवाउनुअघि उनलाई कानुनमन्त्री शेरबहादुर तामाङले हस्ताक्षर गरेको दुई बुँदे पत्र दिइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?