प्रधानन्यायाधीविरुद्ध उजुरी आह्वान

काठमाडौँ-संसदीय सुनुावाइ विशेष समितिले प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीविरुद्ध उजुरी आह्वान गरेको छ । समितिको बिहीबारको बैठकले शुक्रबारदेखि सर्वसाधरण समेतसँग उजुरी आह्वान गरेको हो । दश दिनको समयसीमाभित्र सरोकारवाला तथा सर्वसाधरणले जोशीविरुद्ध उजुरी दिन सक्नेछन् ।
संघीय संसद् सचिवालयका सहसचिव ध्रुव घिमिरेले प्रस्तावित प्रधानन्यायाधीश जोशीविरुद्ध उजुरी आह्वान गरिएको बताए। घिमिरेले भने, ‘सुनुवाइको प्रक्रिया अघि बढेको छ । हामीले शुक्रबारदेखि सुरु हुनेगरि दश दिनसम्म उजुरी माग गर्दै सार्वजनिक सूचना जारी गरेका छौँ ।’  गाेरखापत्र दैनिकमा खबर छापिएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?