सचेतना जगाउँदै भारतबाट दमक आइपुगे पवन शर्मा लुइँटेल

लोकपथ
119
Shares
ef/tLo ;fOsnofqL bdsdf bds, !! r}t M dlxnf lx+;fsf] cGTo tyf kof{j/0fdf ;r]tgf lbg] p2]Zon] ef/tsf] cf;fd, u’jf6L v]qLsf @) jifL{o ;fOsnofqL kjg zdf{ n’O{6]n bdsdf . pGg;fO lbg nufP/ pxfFn] cf;fdb]lv g]kfnsf] sf7df8fF}F;Ddsf] (&^ lsnf]ld6/ k”/f ug]{ nIodf x’g’x’G5 . pxfFnfO{ bdsdf z’qmaf/ g]kfn–ef/t d}qL ;ª3n] labfO{ sfo{qmd u/]sf] 5 . t:jL/ M o1/fh cfªb]Da]÷/f;; lgMz’Ns :jf:Yo k/LIf0f ul/Fb}

काठमाडौं । महिला हिंसाको अन्त्य तथा पर्यावरणमा सचेतना दिने उद्देश्यले भारतको आसाम, गुवाटीका २० वर्षीय साइकलयात्री पवन शर्मा लुइँटेल दमकमा आइपुगेका छन् ।

आसामबाट सुरु भएको उनको साइकलयात्रा नौ दिनमा बिहीबार साँझ दमक आइपुगेको थियो । उनलाई आज नेपाल–भारतमैत्री संघ दमकले यात्राको सफलताको शुभकामना दिँदै ढाकाटोपी र खादा लगाएर सम्मान गरिएको उपाध्यक्ष दिनेश अग्रवालले जानकारी दिए ।

कार्यक्रममा यात्री लुइँटेलले यात्राको अनुभव सुनाएका थिए । यात्रालाई सफल बनाउन भारतमा उनलाई स्थानीय केही संघसंस्थाले सहयोग पु¥याएका थिए तर यता भने त्यस्तो सहयोगी संस्था नभएको दुखेसो उनको छ । नेपालमा पहिलोपटक आएका उनले अब बढीमा १० दिनभित्र नेपालको काठमाडौंसम्मको यात्रा सफलतापूर्वक सम्पन्न गर्ने लक्ष्य रहेको जानकारी दिए ।

१९ दिन लगाएर करिब ९७६ किलोमिटर यात्रा टुङ्ग्याउने जनाउँदै उनले भने, “सबैको सहयोगबाट नै मैले यो यात्रालाई दुई देशसम्म जोड्न सकेको छु ।” साइकलबाट भारतको आसाम घुमिसकेका उनले अब ‘अल इन्डिया’ हुँदै विश्वयात्रासम्म निस्कने लक्ष्य राखेको बताए । सामान्य साइकलमार्फत दैनिक ७० किलोमिटर दूरी यात्रा गरी आएका उनले बाटोमा आफ्नो यात्राको उद्देश्य पनि सुनाउँदै आएको जानकारी दिए । गन्तव्यमा पुग्नु मात्र आफ्नो उद्देश्य नभएको जनाउँदै उनले महिला हिंसा नियन्त्रण गर्न तथा स्वच्छ पर्यावरण जोगाउन आफ्नो मुख्य उद्देश्यका बारेमा समेत सचेतना दिँदैआएको बताए ।

सूचना, प्रविधिमा स्नातक तहमा अध्ययनरत नेपालीमूलका भारतीय युवा लुइँटेलको साइकलयात्रालाई समाजले प्रोत्साहन दिनुपर्ने खाँचो औल्याइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?