बलात्कारसम्बन्धी मुद्दामा अभिनेता पल शाहको पक्षमा वरिष्ठ अधिवक्ता लव मैनाली, कमलामोहन वाग्ले र यदुनाथ खनालले बहस गरेका छन् । यस्तै अधिवक्ताहरु परशुराम गिरी, जगदिशचन्द्र पाण्डे, यज्ञ बहादुर राना, भानुभक्त सुबेदी, गोकुल भण्डारी, सरिता थापा भण्डारी, माघब घिमिरे, रामचन्द्र (आर सी) गौतम र विपिन सुबेदीले बहस गरेका छन् ।
यसैगरी थुनछेक प्रयोजनार्थ नेपाल सरकारको तर्फबाट तनहुँ जिल्ला न्यायाधिवक्ता रामचन्द्र शर्मा एवं सहायक जिल्ला न्यायाधिवक्ता विपिनराज तिवारीले बहस गरेका छन् । यस्तै जाहेरवालाको तर्फबाट अधिवक्ताहरु एक नारायण गौतम, मोहना अन्सारी, शिवराज काफ्ले, किशोर सापकोटा, राधिका खतिवडा, विमल प्रसाद लामिछाने र सरिता तिवारीले बहस गरेका छन् ।
बहसपछि जिल्ला अदालत तनहुँले शाहलाई पुर्पक्षका लागि जेल चलान गर्ने आएको भएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया