आज दिनभरका मुख्य १५ समाचार हेर्नुहोस् (भिडियोसहित)

लोकपथ
119
Shares

१. वर्तमान गठबन्धन निर्वाचनसम्म निरन्तर रहने प्रधानमन्त्री देउवाको दाबी, स्थानीय तहमा मात्रै नभई प्रदेश र प्रतिनिधिसभाको निर्वाचनसम्म पनि गठबन्धन गर्न जरुरी रहेको उल्लेख

२. उम्मेद्वारको सिफारिस चैत मसान्तसम्म गर्न स्थानीय कमिटीलाई नेकपा एमालेको निर्देशन, स्थानीय कमिटीले उम्मेदवारको सिफारिस माथिल्लो कमिटीमा पेस गर्नुपर्ने ।

३. आगामी तीन तहकै चुनावमा नेपाली कांग्रेससँग गठबन्धन हुने नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको दाबी, स्थानीय तहको चुनावमा पनि केन्द्रबाट नै गठबन्धन हुने प्रतिक्रिया ।

४. महिला र यौनजन्य हिंसा अन्त्यका लागि छुट्टै संयन्त्र आवश्यक रहेको महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीको भनाइ, यौनजन्य हिंसा अन्त्यका लागि पहल गर्न उच्च ओहोदामा रहेका महिलाले नै सहयोग नगरेको आरोप ।

५. स्थानीय तहको निर्वाचनलाई शान्तिपूर्ण र भयरहित बनाउन गृहमन्त्री बालकृष्ण खाँणको निर्देशन, आगामी निर्वाचनमा अपनाउनुपर्ने रणनीतिका बारेमा गृह मन्त्रालयमा छलफल ।

६. आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा निर्वाचन आयोगले २ करोड मतपत्र छाप्ने, मतपत्र छपाइका लागि जनक शिक्षा सामग्री केन्द्रसँग छलफल प्रक्रिया अघि बढाइएको आयोगको जानकारी ।

७. एकीकृत सहरी विकास कार्यक्रममा बजेट थप्न सहरी विकास मन्त्री रामकुमारी झाँक्रीको आग्रह, एकीकृत सहरी विकास नीतिको मस्यौदा अन्तिम चरणमा रहेको भनाइ ।

८. भारतबाट आयात गरेर उद्योगलाई विद्युत् दिने नेपाल विद्युत् प्राधिकरणको भनाइ, उद्योगसहित कतै पनि लोडसेडिङ नहुने नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको दाबी ।

९. ऐतिहासिक विरासत बोकेको त्रिभुवन विश्वविद्यालयमा चुनौती चुलिँदै गएको ऊर्जामन्त्रीको भनाइ, त्रिविमा देखिएका समस्या तत्काल समाधान हुनुपर्नेमा जोड ।

१०. नेपालमा कम्युनिस्ट केही समयमा समाप्त हुने जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईको दाबी, नेपाली राजनीतिमा अब तीन धार मात्रे हुने उल्लेख ।

११. नेपालमा ९३ दशमलव १ प्रतिशतले लगाए कोराना भाइरसविरुद्धको खोप, नेपाललाई सबैभन्दा बढी कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराउने देश चीन ।

१२. रुस–युक्रेन युद्धको एक महिना पूरा, ५ हजार रुसी सैनिक मारिए, २० लाख युक्रेनीले देश छोडेको युक्रेनी तथ्याङ्क ।

१३. तालिबानले सत्ता कब्जा गरेपछि पहिलोपल्ट चिनियाँ विदेशमन्त्री वाङ यी पुगे अफगानिस्तान, भ्रमणमा आर्थिक सहयोगबारे छलफल हुने ।

१४. यूइएफए नेसन्ल्स लिग सी रेलिगेसनअन्तर्गतको फाइनल खेलमा आज इस्टोनिया र साइप्रस भिड्दै, बलियो टिम इस्टोनियाविरुद्ध जितको लक्ष्यसहित मैदान उत्रँदै साइप्रस ।

१५. र, सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा श्री कुमारी क्लबको पहिलो जित, सातदोबाटोस्थित एन्फा कम्लेक्समा भएको खेलमा खुमलटार युथ क्लब १–० गोल अन्तरले पराजित ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?