मानसरोवर तीर्थाटनमा अलपत्र भारतीय तीर्थयात्रीको उद्दार जारी

काठमाडाैं : तिब्बतको मानसरोबर तीर्थयात्रामा अलपत्र भारतीय तीर्थयात्रीको उद्दारमा नेपाल सरकारले तदारूकता देखाएको छ । माैसममा खराबीले मानसरोबरबाट फर्कन नसकेका भारतीयलार्इ तीर्थयात्रीलार्इ नेपाली सेना र हवार्इ सेवाप्रदायक हेलिकोप्टर कम्पनीहरू परिचालन गरि उद्दार भर्इरहेको छ । 

बुधबार बिहान ९ बजेसम्म करिब १ सय ६० जनालार्इ हवार्इ उद्दार गरी नेपालगञ्ज विमानस्थलमा ल्यार्इएको र २ सय ५० जनालार्इ हिल्साबाट सिमिकोट ल्यार्इएको छ। 

हिल्सामा अझै करिब ७ सय तीथर्यात्रीहरू अड्किएका छन् । उनीहरूको पनि तदारूकताका साथ उद्दार हुने पर्यटनमन्त्री रविन्द्र अधिकारीले जानकारी दिएका छन् । उनले भारतीय विदेशमन्त्री सुस्मा श्वराजलार्इ समेत यसबारे जानकारी गराएका छन् । 

अाफ्ना तीर्थयात्री खराब माैसमका कारणले बाटैमा अलपत्र परेपछि भारत सरकारले नेपाललार्इ उनीको उद्दार गरिदिन अाग्रह गरेको थियो । 

यसपटक १ हजार ६ सय भारतीय तीर्थालुहरू मानसरोबर यात्राका क्रममा अलपत्र परेका छन् । निरन्तरको बर्षाका कारण तीमध्ये ५ सय २५ जना सिमिकोट र ५ सय ५० जना हिल्सामा रोकिएका थिए । 

मानसरोबर तीर्थयात्रामा अाएकामध्ये यो बर्ष ८ जना भारतीय तीर्थालुहरूको लेक लागेर मृत्यु भएको छ  । सोमबार मात्रै भारत केरलाका ५६ बर्षीय नारायण लिलाको हुम्लास्थित एक होटलमा मृत्यु भएको छ भने अान्द्र प्रदेशकी सत्यलक्ष्मीको पनि तिब्बतको ताक्लाकोटमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?