बाढीपहिरो र डुवानमा परेर २२ जनाको मृत्यु

काठमाडौँ–बाढी, पहिरो र डुबानमा परेर सोमबार र मङ्गलबार गरी मुलुकका विभिन्न स्थानमा २२ जनाको मृत्यु भएको छ । गृहमन्त्रालय अन्तर्गतको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रले मङ्गलबार साँझसम्म नौ जना घाइते तथा दुई जना बेपत्ता भएको जानकारी समेत दिएको छ ।

केन्द्रले बाँकेमा चार जना, रोल्पामा तीन जना, सिन्धुली, सर्लाही, पर्सा र तनुहँमा दुई÷दुई जना, कैलाली, चितवन, महोत्तरी, काठमाडौं, उदयपुर, सिरहा र दाङमा एक÷एक जनाको मृत्यु भएको जानकारी दिएको छ ।
केन्द्रमा कार्यरत गोवद्र्धन कार्कीले सर्लाही र तनहुँमा एक÷एक जना वेपत्ता भएको, तनहुँमा तीन जना, पर्सा र मकवानपुरमा दुई÷दुई जना, कैलाली र उदयपुरमा एक÷एक जना घाइते भएको जानकारी दिए, गोरखापत्रमा खबर छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?