काठमाडौँ-पूर्व प्रधानन्यायाधीश सुशिला कार्कीले बहुमतको वर्तमान ओली सरकार सामन्ती कित्तामा पुगेको बताउनुभएको छ । पब्लिक डिफेन्स एलाइन्सद्वारा मंगलबार राजधानीमा आयोजित कार्यक्रममा उहाँले ओली सरकारको भनाइ र व्यवहार पञ्चायतकालीन सरकारको भन्दा फरक नरहेको आरोप लगाउनुभएको हो ।
डा.गोविन्द केसी र गंगामाया अधिकारीले उठाएको मूद्दाप्रति सरकार गम्भीर नबनेकोमा चिन्ता व्यक्त गर्दै उहाँले भन्नुभयो–‘डा.केसी आफ्ना सन्तानको लागि अनसन बस्नुभएको हो र ? न उहाँका परिवार छन् न कोही । उहाँले लडाई गरेको कस्को निम्ती, गरिबका छोराछोरीका निम्ति । गरिबको स्वास्थ्य उपचारको निम्ति । दुर दराजमा अस्पताल खुलाउनका निम्ति ।’
गरिबले खान, लाउन, उपचार गर्न पाउनुपर्छ भन्नु बिद्रोह नभएको विचार राख्दै पूर्व प्रधानन्यायाधीश कार्कीले थप्नुभयो–‘उहाँको १४ औँ पटकको प्रयासमा आएको प्रस्तावित विधेयक हटाउन खोज्ने सरकार त शोषक सामन्तीको लाइनमा पुग्यो । सुन्दा पनि अचम्म ! माथेमा आयोगको प्रतिवेदनको प्रभाव भारत सरकारले लागु गर्दैछ, तर यहाँ बेपत्ता पार्न खोज्यो ?’
पूर्व नेकपा (एमाले), एकीकृत माओवादी केन्द्र या नेपाली काँग्रेसले सरकार र बाहिर हुँदा भाका फेर्ने गरेको टिप्पणी गर्दै उहाँले डा. केसीको मागलाई कुनै सरकारले गम्भीरतापूर्वक नलिएकोमा असन्तुष्टी राख्नुभयो । नेपाल समाचार पत्र दैनिकमा खबर छापिएकाे छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया