प्रहरीले थाङकोटबाट फेरि ६ किलो सुन समात्यो

काठमाडौं –राजधानीको नागढुंगाबाट ६ किलो सुनसहित एक जना पक्राउ परेका छन् ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता मोहन कुमार थापाले विशेष सूचनाको आधारमा  आइतबार बेलुका ७ बजे सुनसहित पक्राउ गरिएको बताए ।
पक्राउ पर्नेमा पहिचान खुलाइएको छैन। प्रहरीले पटक पटक देशका विभिन्न स्थानबाट अवैध सुन बरामद गर्दै आएको छ ।

सुनसहित पक्राउ पर्नेमा सिन्धुपाल्चोकका २३ वर्षीय तेन्जिङ तामाङ रहेका छन् । उनले बा ९५ प ८१६४ नम्बरको पल्सर बाइकमा हालेर सुन ल्याउँदै थिए।हिजोमात्रै पनि सोही नाकाबाट तीन किलो तस्करीको सुन समातिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?