काठमाडौं । शनिवार नागढुङ्गाबाट बरामद ३ किलो अबैध सुनको ओसार–पसारमा संलग्न पाँचजनाको पक्राउ पछि सुनको कारोवारको सम्वन्धमा नयाँ रहस्य खुलेको छ ।
भारतमा ठेक्का पट्टा ब्यवसायमा कार्यरत सञ्जना साहले भारतीय नागरिक भएपनि उनीसंग नेपाली नागरिकता समेत फेला परेको छ ।
खाडी मुलुकबाट आउने अबैध सुनको मालिक समेत रहेकी सज्जना सुन लिन काठमाडौं आएको अवस्थामा पक्राउ परेकी हुन ।
गृह मन्त्रालयका सह–सचिव ईश्वरराज पौडेल नेतृत्वको छानविन समिति गठन भएपछि सर्वसाधारणले सुनको तस्करी नियन्त्रणमा आएको बताएका थिए ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख विश्वराज पोखरेलले भने– यो घटनाबाट थप रहस्य फेला परेको छ ।
बरामद सुन खाडीबाट नै झिकाइ भारत लैजान लागेको रहस्य खुलेको छ । यसबाट अवैध सुनको आयात अझै रोकिएको देखिदैन ।
भारतीय नागरिक अशोक कुमार साह र चन्द्रमोहन जोशी सज्जनाको निर्देशन अनुसार काठाडमौंमा रहेको सुन लिनलाई कञ्चनपुरको गड्डा चौकी हुँदै मोटरसाईकल चढेर महेन्द्रनगरसम्म आइपुगेका थिए ।
यी तीन जनाको महेन्द्रनगरमा भेटभएपछि धनगढीबाट प्लेन चढेर असार १४ गते काठमाडौं आइपुगेक हुन । उनीहरुको गोरे समूहसंग भने कुनै संलग्नता नरहेको प्रहरीले जनाएको छ ।
उनीहरु काठमाडौं पुगेको एक दिनपछि युके ०२ ४६८४ नम्बरको भारतीय नम्वर प्लेटको गाडी लिएर मनोज विक र दीपक कुमार मौर्य काठमाडौं आएका थिए ।
सो सुन युके ०२ ४६८४ नम्बरको मारुती गाडीको ‘एयर फिल्टरमा लुकाएर भारत लैजादै गरेको अवस्था शनिवार दिउँसो नागढुङ्गाबाट बरामद भएको हो ।
बरामद सुनसंगै गाडी चालक दिपक र मनोज पनि पक्राउ परेका हुन । उनीहरुको वयानका आधारमा सज्जना र अन्य दुई सहयोगी पक्राउ परेका हुन ।
उक्त अबैध सुनको सम्वन्धमा विशेष सुराकी परेपछि प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी प्रभाग नागढुट्ट्गाको टोलीले संयुक्त रुपमा गाडीलाई नियन्त्रणमा लिई सुन बरामद गरेको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौंले नागढुङ्गाबाट बरामद तीन किलो अबैध सुनको ओसार–पसारमा संलग्न पाँच जनालाई आज सार्वजनिक गरेको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख विश्वराज पोखरेलका अनुसार, पक्राउ पर्नेहरुमा एक महिला सहित पाँचजना छन । भारतमा ठेक्का पट्टको काम गर्दै आएकी २५ वर्षीय सज्जना साह, उनका सहयोगी आशिष कुमार साह, दिपक कुमार मैर्या, चन्द्रमोहन जोशी र मनोज विक छन् ।
अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार, अशोक र चन्द्रमोहनलाई संगै लिएर सुन लिन काठमाडौं आएकी अज्जनाले उक्त सुन हातपरेपछि भरियाको रुपमा भारतीय नम्वर प्लेटको गाडी सहित सहयोगी दिपक कुमार र मनोजलाई बोलाएकी थिइन ।
उक्त अबैध सुन र सुन ओसार–पसारमा संलग्न सबै अभियुक्तहरुलाई आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान विभाग पठाएको जानकारी परिसरले दिएको हो । साढे ३३ किलो सुन र सनम शाक्य हत्या प्रकरणपछि सुन तस्करी सेलाएको थियो ।
तर, यो घटनाले अपराधिहरु अझै सक्रिय छन् भन्ने सूचना प्राप्त भएको छ परिसर प्रमुख पोखरेलले भन्नुभयो–ठूलो परिणाको नभएपनि स–सानो मात्रामा सुन अबैध मार्गहुदै भारत पठाइने गरेको संकेत फेला परेको छ ।
नागढुंगा प्रभागका प्रमुख प्रहरी निरीक्षक केशव भट्टले नियन्त्रणमा लिएको भारतीय नम्बर प्लेटको उक्त मारुती कार २०७५ वैशाख यता चारपटकसम्म महेन्द्रनगर, गड्डाचौकी हुँदै काठमाडौं आउने जाने गरेको जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया