सेनाको ‘हायर एण्ड फायर’ तालिम सम्पन्न

काठमाडौं । महासेनानी (लेफ्टीनेन कर्नेल ) हरुलाई लक्षित ‘हाईयर कमाण्ड तथा म्यानेजमेण्ट तालिम’ सम्पन्न भएको छ । 
नगरकोटस्थित नेपाली सैनिक वार कलेजमा गत चैत ४ गतेबाट सञ्चालित तालिममा २९ जना महा सेनानी प्रशिक्षार्थी सहभागी थिए । 
उपत्यका पृतना हेडक्वाटर नारायणहिटीमा आयोजित विशेष समारोहमा प्रधानसेनापति राजेन्द्र क्षत्रीले अन्तिम प्रवचन सुनाई तालिम समापन गरेका हुन । 
प्रधानसेनापति क्षत्रीले नेपालको संविधानले निर्देशित गरे अनुसार सेनाको मूख्य जिम्मेवारी राष्ट्रिय स्वतन्त्रता, सार्वभौमिकता र राष्ट्रिय अखण्डताको रक्षा गर्नु रहेको प्रष्ट पार्दै तालिमले प्रशिक्षार्थी अधिकृतहरुलाई राष्ट्रिय सुरक्षामा आउन सक्ने चुनौतीहरुको सामना गर्न मद्दत पुग्न बताए । 
उनले तालिमबाट भावी जिम्मेवारी कुशलता पूर्वक सम्पन्न गर्न पेशागत दक्षताको विकास गर्नुका साथै उच्चतम निर्णायक क्षमता र योजना निर्माण गर्ने दक्षता समेत अभिबृद्धि भएको विश्वास व्यक्त गरे । 
उक्त अवसरमा प्रधानसेनापति क्षत्रीले तालिम सफलतापूर्वक सम्पन्न गर्ने सम्पुर्ण शिक्षार्थी अधिकृतहरु तथा तालिम सञ्चालनमा सहयोग गर्नेहरुप्रति बधाई ज्ञापन गरेका थिए । 
यस तालिमलाई सफलतापूर्वक सम्पन्न गराउन पु¥याएको योगदानको निमित्त सैनिक तालिम तथा डक्ट्रिन महानिर्देशक, मुख्य शिक्षक, शिक्षकहरु, नेपाली सैनिक वार कलेज र अन्य सम्बन्धित सबैलाई समेत धन्यवाद ज्ञापन गरिएको थियो । 
प्रधानसेनापति क्षत्रीले तालिममा सर्वप्रथम हुने महासेनानी हिमांशु खड्कालाई ‘वेष्ट स्टुडेण्ट अवार्ड’ तर्फ शिल्ड, प्रमाणपत्र र नगद पुरस्कार सहित रु.२५,००० र  एकेडेमिक राइटिङ तर्फ प्रथम हुने महासेनानी  दिपेशजंग शाहलाई प्रमाणपत्र तथा नगद सहित रु.२५,००० पुरस्कार प्रदान गरेका थिए । 
कार्यक्रममा तालिमका मुख्य शिक्षक उपत्यका पृतनापति उपरथी शशिचन्द्र बहादुर सिंहले स्वागत मन्तव्य दिएको थिए । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?