पर्वातरोही शेर्पालाई सेनाको सम्मान

काठमाडौं । नेपाली सेनाले सर्वोच्च शिखर सगरमाथा कीर्तिमान आरोही पेम्बा दोर्जे शर्पालाई आइतवार सम्मान गरेको छ । 

भद्रकालीस्थित सैनिक जंगी अड्डा मुख्यालयमा आयोजित विशेष कार्यक्रममा प्रधानसेनापति राजेन्द्र क्षत्रीले पर्वातरोही शेर्पालाई सम्मान प्रदान गरेका हुन । 

राष्ट्रका निर्माता श्री ५ पृथ्वीनारायण शाहको पूर्णकदको सालिक र सेनाको झण्डा सगरमाथाको चुचुरोमा पु¥याउन आरोेही शेर्पा सफल भएकोमा सम्मान गरिएको सेनाले जनाएको छ । 

गतवर्ष चैत्र १४ गते प्रधानसेनापति क्षत्रीले राष्ट्रका निर्माता श्री ५ पृथ्वी नारायण शाहको पूर्णकदको सालिक र सेनाको झण्डा सर्वोच्च शिखरमा फहराउने योजनाका साथ आरोही शेर्पालाई हस्तान्तरण गरेका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?