काठमाडौं । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा हेलिकोप्टर अवतरण गर्ने क्रममा दुर्घटना भएको छ ।
बिरामी लिनको लागि चितवन जान अस्पतालबाट डाक्टर र नर्स लैजान अस्पतालको छतमा ल्याण्डिङ गर्ने क्रममा हेलिकप्टर दुर्घटना भएको हो ।
हेलिकप्टर चिप्लीएर दोस्रो तल्लामा खसेको छ ।

दुर्घटना भएको हेलिकप्टरमा चालक दलका सदस्य रहेको र उनीहरु सकुशल रहेको ग्राण्डी ईन्टरनेसनल अस्पतालका अध्यक्ष दिपक कुँवरले जानकारी दिए ।
सिम्रिक एअरको ९ एन एआर एल कल साईन भएको हेलिकप्टर शनिबार दिउँसो दुर्घटना भएको हो ।

अस्पतालमा ईमर्जेन्सी बिरामी ल्याउन सहज होओस् भन्ने उद्देश्यले हेलिकप्टर ल्याण्ड गर्न छतमा हेलिप्याड बनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया