नागढुंगामा भेटियो ३ किलो सुन

काठमाडौं । काठमाडौंको नागढुंगामा ३ किलो सुन प्रहरीले बरामद गरेको छ । 

काठमाडौंको नागढुंगा नाका हुँदै भारत जान लागेको भारतीय नं. प्लेटको निजि कारबाट सुन बरामद भएको हो । 

प्रहरी निरीक्षक केशव भट्टको नेतृत्वमा नागढुंगामा खटिएको प्रहरीको टोलीले विशेष सूचनाको आधारमा UK ०२ ४६८४ नं. को मारुती कारबाट शनिबार बिहान ११ः३० बजे पक्राउ गरिएको हो । 

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?