ट्रकमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु

लहान । पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको मिर्चैया नगरपालिका–२ स्थित सडकमा आज बिहान ट्रकमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । 

सडक छेउमा रोकिएको ना १ क ७४०२ नंको ट्रकमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना २८ प ४८३७ नंको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक रौतहटको देवाही गोनाई नगरपालिका–३ निवासी ३० वर्षीय राजकिशोर जैसवालको मृत्यु भएको हो । 

दुर्घटनामा परी गम्भीर घाइते भएका जैसवाललाई उपचारको लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ । 

सोही दुर्घटनामा परी मोटरसाइकलमा पछाडि सवार सर्लाहीको घोराही नगरपालिका–६ निवासी २५ वर्षीय सरोजकुमार चौधरी गम्भीर घाइते भएको र उनको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

यस्तै पूर्वपश्चिम राजमार्गअन्तर्गत कर्जन्हा नगरपालिकास्थित सडकमा आजै बिहान दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा तीन जना घाइते भएका छन् । घाइतेको कर्जन्हा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?