धादिङ । आफ्नौ भाउजुलाई कुटपिट गरी मारेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
धादिङ बेनिघाट रोराङ गाउँपालिका–५ सुनुवार गाउँ बस्ने २५ वर्षीय किर्तिमान बि.क.लाई प्रहरीले पक्राउ गरेको हो ।
मादक पदार्थ सेवन गरेका बि.क.ले बिहीबार ५० वर्षीया भाउजु बालकुमारी बि.क.लाई कुटपिट गर्दा गम्भीर घाइते भएकोले उपचारको लागि गजुरी अस्पताल पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको थियो ।
यस बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया